बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सरकारले बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको हो: सुवास नेम्वाङ

दैनिक नेपाल २०७९ साउन १९ गते १९:४२

बुटवल, १९ साउन । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले चौतर्फी विरोध भएपछि र निर्वाचन आयोग तथा नेकपा एमालेले दबाब दिएपछि बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।

रुपन्देहीमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई संसदीय मूल्य मान्यताविरुद्धको दुषित गठबन्धनको संज्ञा दिएका छन् ।

उनले सरकारले निर्वाचन जस्तो महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी तथा अहिलेको हकमा ठूलो दल एमालेसँग छलफल नगरेको बताए ।

सरकारले विगतमा गर्ने निर्णय जस्तै निर्वाचनको घोषणाको निर्णय पनि सुटुक्क र छापामार शैलीमा गरेको टिप्पणी उनले गरे । ‘निर्वाचनको मिति घोषणा हुनुपर्थ्र्यो, भयो, राम्रो भयो, तर सरकारले विगतका निर्णयहरु जसरी सुटुक्क, छापामार शैलीमा निर्णय गथ्र्यो, अहिले पनि त्यसैगरी निर्णय गर्यो, यसपटक पनि त्यस्तै भयो, हामीसँग छलफल भएन,’ नेम्वाङले भने ।

प्रतिक्रिया
सम्बन्धित