
काठमाडौं, १९ साउन । धरानका मेयर हर्क साम्पाङविरुद्ध मुद्दा दर्ता भएको छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज समेत रहेकी धरानकै निवर्तमान उपमेयर मञ्जु भण्डारीले मेयर सम्पाङबिरुद्ध साइबर अपराधमा मुद्धा दायर गरेकी हुन् ।
भण्डारीले आफ्नो नाम र फोटोको दुरूपायोग गरी सामाजिक सद्भाव भड्काउने गरी फेसबुक पोस्ट स्क्रिनसट जस्तो उत्पादन गरेर नगर प्रमुख साम्पाङले नसोधी आफ्नो फेसबुक पेजमा पोस्ट गरेको भन्दै मुद्दा दायर गरेको जनाएकी छन् ।
एक विज्ञप्ति जारी गर्दै भण्डारीले यस्तो जनाएकी हुन् । मेयर साम्पाङबिरुद्ध विरुद्ध साइबर ब्युरो भोटाहिटीमा मुद्दा दर्ता गरिएको छ । आफ्नो नाम र फोटो प्रयोग भएको फेक आइडीको पोस्ट हर्कले सेयर गरेपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको भण्डारीले बताइन् ।
नगर प्रमुख साम्पाङको आधिकारिक फेसबुक पेज ’हर्क सम्पाङ अ रेभुलुसन’ बिहान निवर्तमान उपप्रमुखले सामाजिक एकता भत्काउन खोजेको भन्दै एक पोस्ट गरेका थिए ।
उक्त पोस्टमा ‘धन्यवाद मञ्जु मेडम १ तर तपाइँको यो अभिव्यक्तिले राई लिम्बु, क्षेत्री बाहुन, भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाइँले सोचे जस्तो कमजोर छैन’ लेखिएको छ भने उक्त पोस्टसँगै भण्डारीको नाम र फोटोको प्रयोग भएको फेसबुक पोस्ट जस्तो देखिने एक स्क्रिन सट समावेश गरिएको छ ।
















प्रतिक्रिया