३० आश्विन २०८३, शुक्रबार

ललितपुरबाट राजस्व छलीको २८ हजार किलो सुर्तीसहित ४ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ ।

राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

भारतबाट भन्सार छलेर कच्चा सुर्ती ल्याउने र तयार गरेर बजारमा बेच्ने उद्योग संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका पोष्टराज गौतम, मोरङ घर भएका सुरेश पोखरेल, सर्लाही घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौंको सिनामंगल बस्ने ३८ वर्षीय अरविन्द अग्रवाल छन् ।