शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संसदीय निर्वाचनका लागि आइतबारदेखि दल दर्ता हुने

दैनिक नेपाल २०७९ साउन १९ गते १८:५६

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ ।
बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारदेखि दल दर्ता गरिने बताए । यस्तै आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।
उनले भने– ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’
प्रतिक्रिया
सम्बन्धित