३० आश्विन २०८३, शुक्रबार

‘प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने भएको छ । निर्वाचन आयोगले विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधि सभा सदस्यहरुको कार्यकाल मंसिर २१ गतेसम्म कायम रहने जानकारी गराएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको जनाउँदै आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं ।’

यसका साथै आयुक्त थपलियाले दशैं लगत्तैपछि उम्मेदवारी दिने गरी कार्यतालिका बनाउनुपर्ने देखिएको बताए । उनले भनेका छन्, ‘उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ । यसलाई कानूनसम्मत ढंगले कहीँ न कहीँ व्याख्या गरेर अगाडि बढाउनेछौं ।’