३० आश्विन २०८३, शुक्रबार

थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  एकैदिन थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३२४ जना कोरोनामुक्त भएका छन्।