
काठमाडौं, १९ साउन । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण भएको छ ।
श्री एअरलाइन्सको ९ एन-एएनएफ जहाज १० माइल उडेपछि बायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।
जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।
जहाजमा चालक दलसहित ७९ सवार थिए ।















प्रतिक्रिया