३० आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषद र गठबन्धन बैठक बस्दै, तोकिएला निर्वाचन मिति ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । आज बस्ने मन्त्रिपरिषदको बैठकले संघीय संसद तथा प्रदेश संसदीय निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

मन्त्रिपरिषद बैठक अघि सत्तारुढ गठबन्धनको बैठक पनि बस्ने भएको छ । हिजो भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।

यसअघि निर्वाचन आयोगले पनि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।