३० आश्विन २०८३, शुक्रबार

लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभलक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गर्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । लक्ष्मी क्यापिटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्लागरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी प्रति इकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्काशन गर्न लागेको हो ।

जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । बिहीबारबाट निष्काशन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।