३० आश्विन २०८३, शुक्रबार

उदयपुरमा इनारभित्र एक वृद्धको शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, १९ साउन । उदयपुरमा इनारभित्र एक जना वृद्धको शव फेला परेको छ ।

कटारी नगरपाकिा– ४ तित्रीबोटमा स्थानीय ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र भेटिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थियो ।

शवको पोस्टमार्टमका लागि कटारी अस्पताल लगिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।