
काठमाडौं, १८ साउन । मधेश प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस कार्यक्रममा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टचार ठहर गर्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध मुद्दा दायर गरिएको छ ।















प्रतिक्रिया