
काठमाडौं, १८ साउन । रौतहटका जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीविरुद्ध उजुरी परेको छ ।
रौतहट गौरका पुलिन्दर सहनीले न्यायाधिवक्ता अधिकारीविरुद्ध न्याय सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयमा सोमबार उजुरी दर्ता गराएका हुन् ।
सहनीले दर्ता गरेको उजुरीमा न्यायाधिवक्ता अधिकारीले विभिन्न मुद्दामा पीडकसंँग साँठगाँठ गरेर मुद्दा कमजोर बनाएको, नक्कली पीडित खडा गरेर निर्दोष व्यक्तिलाई फसाउने गरेको आरोप लगाइएको छ ।
उजुरीमा यस्ता ५ वटा घटनाको विवरण उल्लेख गरेर अधिकारीविरुद्ध कारबाहीको माग गरिएको छ ।















प्रतिक्रिया