
काठमाडौँ, १८ साउन । काठमाडौँ भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन् । विमानको ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यात्रु मुम्बई जान लागेका थिए । काठमाडौँबाट मुम्बई जान लागेको विमानमा आतङ्कवादी रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरेको र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया