३० आश्विन २०८३, शुक्रबार

‘प्रकाश’ ले माग्यो भिडियो कविता, पहिलो हुनेलाई एक लाख पुरस्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । फिल्म ‘प्रकाश’ ले शिक्षकको विशेषता र महत्त्वबारे कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनुपर्नेछ। कक्षा १२ सम्मको विद्यार्थीहरुले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन्।

प्रतियोगितामा प्रथम हुने विजेताले एकलाख पुरस्कार पाउने छन् भने दोस्रो हुनेले ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । कविता भदौ २० सम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ।

नेपाली र अंग्रेजी दुबै भाषालाई मान्यता दिइएको कविताको भिडियो १ देखि साढे एक मिनेट सम्मको हुनुपर्नेछ। सहभागीले कविताको भिडियो आफै बनाएर प्रकाशको इमेलमा पठाउन सक्नेछन्।