बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने

दैनिक नेपाल २०७९ साउन १८ गते ८:२८

काठमाडौं । नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई वर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात विभिन्न संघ संस्था तथा विद्यालयहरूमा हालसम्म पनि निरन्तर च्यारेटी प्रदर्शनीलाई निरन्तरता दिईएको ऐतिहासिक कथामा आधारित फिल्म अब भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको हो ।

फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा फिल्म एकसाथ प्रदर्शन कन्फर्म भएको बताइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमाथि बनेको फिल्म सेप्टेम्बर २ तारिखबाट सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कस्र्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको जानकारी दिइन् ।

झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिए पश्चात यो फिल्मको भारत प्रदर्शन रोकिएको थियो । फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।

त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय समावेश छ । झमक घिमिरेको कथा कृति बोलेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तीको संवादमा सहकार्य रहँदा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।

फिल्ममा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छन् । समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौंलाले दिएका छन् । गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको छ ।

प्रतिक्रिया
सम्बन्धित