शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

दैनिक नेपाल २०७९ साउन १८ गते ८:२१

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको छ ।

अनेसासको विधानबमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित भएकी हुन् ।

मनोनित सदस्य ज्ञवालीसँग अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष भएर काम गरेको लामो अनुभव छ । विशेषतः कविता र मुक्तकमा उनको कलम चल्ने गरेको छ ।

बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ (अमेरिका), महेश्वर शर्मा (अष्ट्रेलिया), डा. रेणुका सोलु (एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो ।

बैठकमा अनेसास बोर्ड अफट्रष्टि सभापति गीता खत्रीको पनि सहभागिता रहेको थियो । बैठकले आगामी केही साताको लागि प्रत्येक आइतबार अमेरिकी समयअनुसार बिहानको ८ः१५ मा बैठक बस्ने निर्णय पनि गरेको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित