३० आश्विन २०८३, शुक्रबार

बैंकिङ कसूरमा ९६ लाख जरिवानासहित कैद तोकिएका फरार अभियुक्त पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रहरीले बैंकिङ कसूर मुद्दामा ९६ लाख रुपैयाँ जरिवानासहित कैद तोकिएको दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा काठमाडौं महानगरपालिका १० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पटान ललितपुरबाट पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका १६ बङ्गलामुखीबाट पक्राउ गरेको हो ।

साथै थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्र्जी समेत जारी भएको खुल्न आएको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको ।

त्यस्तै, भक्तपुर मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका १ घर भएका ४२ वर्षीय गोर्खमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपुूर्ति शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको छ ।