३० आश्विन २०८३, शुक्रबार

भारतको जितसँगै साफ यु-२० बाट बाहिरियो नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । भारत साफ यु-२० को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा माल्दिभ्समाथि जित निकालेसँगै भारतले फाइनलको यात्रा तय गरेको हो । भारतले जितेसँगै नेपाल भने जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो ।

योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ ।

आजै भएको बंगलादेश र नेपालको खेलमा बंगलादेश बराबरीसँगै फाइनल प्रवेश गरिसकेको छ । अब भारत र बंगलादेशबीच फाइन खेल हुने छ ।