
काठमाडौँ, १७ साउन । भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो । योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ ।
भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।















प्रतिक्रिया