
काठमाडौं, १७ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाएर निर्लज्जता देखाएको टिप्पणी गरेका छन् ।
मंगलबार तुलसीलाल अमात्यको स्मृति दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले शर्मालाई पुनः अर्थमन्त्री बनाउने सत्ता गठबन्धनको निणएले ‘गोरु पनि लजाएको’ टिप्पली गरेका छन् ।
‘नेपाली जनतालाई कतिसम्म हेपेको ? नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला ? गोरु पनि लजायो होला,’ अध्यक्ष ओलीले भने ।
उनले गठबन्धनसँग अर्थमन्त्री बन्ने अर्को मान्छे छैन भनि प्रश्न पनि गरेका छन् । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ,’ अध्यक्ष ओलीले भने, ‘कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो ।’
बजेटमा अनाधिकृत व्यक्तिलाई सिंहदरबार घुसाएर करको दर हेरफेर गरेर जनतामाथि घात गर्ने कार्य गरेको भन्दै शर्मामाथि छानबिन गरिएको थियो । यद्यपि प्रमाण लुकाएर बहुमतको बलमा समितिले शर्मालाई क्लिन चिट दिएपछि पुनः उनैलाई अर्थमन्त्री नियुक्त गरिएको छ ।















प्रतिक्रिया