३० आश्विन २०८३, शुक्रबार

गठबन्धनभित्र अर्थमन्त्री बन्ने अरु कोही छैनन् ? : अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनभित्र अर्थमन्त्री हुने कोही नभएर जनार्दन शर्मालाई पुनः अर्थको बागडोर सम्हाल्ने जिम्मा दिइएको बताएका छन्।

मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शर्मालाई ‘रिपिट’ गरेर सत्ता गठबन्धनले दुनिया हँसाएको टिप्पणी गरे।

‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला,’ ओलीले भने, फेरि उही मान्छे जे गरे पनि हुन्छ भन्ने मानसिकता गठबन्धनभित्र रहेको देखिएको उनले दाबी गरे।