३० आश्विन २०८३, शुक्रबार

डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहित्य सरोवर मिडिया प्रा।लिको आयोजनामा सम्पन्न भएको नेशनल आर्टिष्ट अवार्ड समारोह गीतकार डा. डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ ।

शनिबार काठमान्डौंको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा सम्पन्न भएको समारोहमा उनलाई दीर्घ साधना अर्पण गरिएको हो । उनलाई एक लाख नगद राशीसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदान गरेका थिए ।

यस्तै समारोहमा मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरूलाई वितरण गरिएको थियो । सो समारोहमा ४० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।