
काठमाडौं, १७ साउन । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्काशनको लागिएनआई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार दिन बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया