
काठमाडौं, १६ साउन । पछिल्लो नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दो क्रममा छ ।
यसै विषयलाई ध्यानमा राखेर सरकारले कोभिड १९ संक्रमितहरुको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनबाट बिरामी भएकाहरुका लागि १७ वटा अस्पतालमा निःशुल्क उपचार तोकिएको हो ।
जसमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् ।
त्यस्तै, भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको निःशुल्क उपचार गर्नेछ । प्रदेश १मा विराटनगरस्थित कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेछन् ।
त्यसैगरी, मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएका छन् ।
सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई निःशुल्क उपचार हुने अस्तपताल तोकिएको छ ।
संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
















प्रतिक्रिया