३० आश्विन २०८३, शुक्रबार

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्नसक्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ साउन । सानिमा बैंकका ग्राहक महानुभावहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकमान्तर गर्न सक्नेछन् । बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ्ग एपबाट नमस्ते पे, इसेवा, खल्ती वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जानेछ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम संजालहरु संचालनमा रहेका छन् ।