
काठमाडौं, १६ साउन । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा गर्ने भएको छ ।
खेलतालिका र इभेन्टबारे सम्पुर्ण जानकारी प्रेस मिटमा सार्वजनिक गरिने बताइएको छ ।
पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन । तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ । प्रतियोगितामा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिँदैछन् ।
विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै, पहिलो रनर अपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकले नगद दश हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । त्यस्तै, अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन् ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम हुन पाएको थिएन । नयाँ उत्साहका साथ पुनः यो कार्यक्रम गर्न पाउँदा खुशी छौं । पहिले भन्दापनि धेरै टोलीहरूलाई सहभागी गराई यस इभेन्टलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौँ । सहभागी हुने सम्पूर्ण प्रायोजक तथा कलेजहरू, विद्यार्थी स्वयंसेवकहरू र आयोजक समिति – सुदीप भट्टराई र सार्थक विष्टलाई धन्यवाद दिन चाहन्छु ।’















प्रतिक्रिया