
काठमाडौं, १५ साउन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा देशका विभिन्न आर्थिक सूचकहरु सुधारात्मक मात्रै नभएर उत्साहजनक समेत थिए ।
आजभन्दा एक वर्ष अघि जतिखेर नेकपा (एमाले)का अध्यक्ष ओलीको नेतृत्वमा सरकार थियो शेयर बजारमा निकै उत्साह थियो । त्यसबेला नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ३२०० बिन्दु सम्म पुगेको थियो । त्यस्तै, दैनिक कारोबार रकमसमेत २० अर्बसम्म पुगेको थियो ।
जब सर्वोच्चको परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गठबन्धनलाई सरकारमा पुर्याउनु अघि पनि नेप्से ३१०० को बिन्दुमा रहेको थियो ।
त्यसपछि निरन्तर ओरालो लागेको शेयर बजार यही असार महिनामा १८०० सयको बिन्दुमा झरेको थियो भने कारोबार एक अर्ब तल पुगेको थियो ।
अहिले केही दिनदेखि नेप्सेमा केही सुधार देखिए पनि उत्साहजनक तवरले बढ्न सकेको छैन ।
सत्तारुढ दलका प्रमुख घटक नेकपा माओवादी केन्द्रले अर्थमन्त्रालय सम्हालेको केही दिनदेखि नै शेयर बजारमा पहिरो जान थालेको थियो । अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले शेयर बजारका विषयमा निरन्तर नकारात्मक टिप्पणी गर्दा नेप्सो ह्वात्तै घटेको थियो । त्यस्तै, अर्थमन्त्री बनेको जनार्दन शर्माले पनि बारम्बार शेयर बजार बारे गरेको नकारात्मक टिप्पणी तथा यसलाई उकास्न केही प्रयास नगरेकाले नेप्से निरन्तर ओरालो लाग्यो ।
जसका कारण लाखौँ सर्वसाधारणको अर्बौँ रकम गुमेको छ । जसले देशको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारेको छ ।















प्रतिक्रिया