३० आश्विन २०८३, शुक्रबार

साफ यू-२० च्याम्पियनसिप नेपाल ८-० ले पराजित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन। साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ८-० ले  पराजित भएको छ ।

यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोडेको छ ।

समान अंक भएको नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।