३० आश्विन २०८३, शुक्रबार

खीर खाने दिन साउन १५ः एकै दिन ५० लाख लिटर बढी दूधको खपत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ ।

आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।

नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए ।

एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो थियो ।

केन्द्रीयस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो । –रासस