३० आश्विन २०८३, शुक्रबार

मोरक्कोका राजाको सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रबत, १४ साउन । मोरक्कनका राजा मोहम्मद छैठौंले सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी दिनुभएको आधिकारिक समाचार एजेन्सी म्यापले शनिबार जनाएको छ ।

माफी पाउँने १, ७६९ जना मध्ये केही जेलमा रहेका र केही जमानतमा रहेकाहरू रहेको बताइएको छ ।

राजा मोहम्मद छैठौंले शनिबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यद्पि अन्य औपचारिक र सार्वजनिक कार्यक्रमहरू भने कोरोना सङ्क्रमणको भयले स्थगित गरिएको पनि बताइएको छ ।-रासस