
काठमाडौँ, १४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरेको काम अरूले २० वर्ष सम्ममा पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले कांग्रेसले अहिले सम्म एमालेको जस्तो काम गर्न नसकेको बताएका हुन् ।
‘हामीले धेरै काम गरेका थियौँ । २० वर्षमा अरूले गर्न नसेका काम हामीले गरेका हौँ’ उनले भने ‘ नेपाली कांग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना केही विचार ल्याउन सकेन ।’
उनले नेपाली कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाए ।















प्रतिक्रिया