
काठमाडौँ, १४ साउन । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २ जनाको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।















प्रतिक्रिया