शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रेस्टुरेन्टमा ‘डिभोर्स पार्टी’ चल्दाचल्दै वेटरसँग पर्‍यो लभ !

दैनिक नेपाल २०७९ साउन १४ गते १२:३०

पतिसँग सम्बन्धविच्छेद भएपछि अस्ट्रेलियाको मेलबर्नकी २९ वर्षीया गेब्रिएला लेडोल्फीले स्थानीय रेस्टुरेन्टमा साथीहरूसँग ‘डिभोर्स पार्टी’ आयोजना गरिन् । उनी पेशाले शिक्षक हुन् ।

रेस्टुरेन्टमा डिभोर्स पार्टी चल्दाचल्दै गेब्रिएलाको वेटर २८ वर्षीय जन लेडोल्फीसँग लभ पर्‍यो । केही दिनको नियमित सम्पर्कपछि दुवैले विवाह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गेब्रिएलाले विवाह गरेको १० वर्षपछि पतिसँग सन् २०१९ मा डिभोर्स गरेकी थिइन् । त्यसपछि वेटरसँग उनको लभ परेको हो । लभ गहिरिँदै गएपछि दुवैले विवाह गरे । अहिले दुवैको बच्चा जन्मिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मिररसँग कुरा गर्दै गेब्रिएलाले आफूले वेटरसँग विवाह होला भन्ने कहिल्यै नसोचेको बताइन् । ‘रेस्टुरेन्टमा उससँग कुरा गर्दा ऊ धेरै सानदार व्यक्ति भएको लाग्यो,’ उनले भनिन् ।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित