३० आश्विन २०८३, शुक्रबार

मेचीपुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ साउन । मेचीनगर नगरपालिका वडा नं.६ काँकडभिट्टास्थित पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईनका हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चोकमा बस्ने ३५ वर्षीय नागेन्द्रकुमार यादव रहेका छन्।

हिजो दिउँसो साढे ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागूऔषध ब्राउनसुगर दुई ग्राम ८०० मिलिग्राम फेला परेको थियो।

पक्राउ परेका दुवैमाथि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।