३० आश्विन २०८३, शुक्रबार

पोखरामा मेयर सम्मेलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । पोखरामा चलिरहेको मेयर सम्मेलनमा महानगर सञ्चालनका अनुभवसहित सहकार्यका विषयमा छलफल केन्द्रित रहेको छ ।

पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाडौँ , ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भइरहेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।