३० आश्विन २०८३, शुक्रबार

हिताचीले ल्यायो नेपाली बजारमा अत्याधुनिक नयाँ उत्पादन, यस्ता छन् फिचर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । हिताचीले नेपाली बजारमा अत्याधुनिक नयाँ उत्पादनहरु ल्याउने घोषणा गरेको छ ।

शुक्रबार मिडिया, कम्पनीका अधिकृत डिलर, हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रा.लिका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा. लि.– नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो ।

कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।

ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ ।

हरेक नेपाली घरपरिवार माझ नयाँ अविष्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरीयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागि पर्ने पनि बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।”

हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ । त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठूलो अपिल रहेको छ ।

ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भएपनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ । नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्क्षालाई झन् बलियो बनाएको छ ।

“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुनाकुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ”, हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भने ।

के-के आए बजारमा ?

१. हिताची फ्रन्ट लोड वाशिङ मेसिन बीडी( डी १२० एक्सजीभीः सरल र कुशल

यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, ए.आई. वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ ।

२. हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर पीभी(एक्सएल२के २४० युएसः प्रभावशाली, छिटो, र कुशल

धेरै सजिलो, छिटो र कुशल तरिकाले भुईँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ ।

३ . हिताची माइक्रोवेभ ओभनः एक अद्वितीय हिताची मल्टि टास्कर

यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइनअन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको छ । जसमा प्रत्येक ग्राहकको लागि केही न केही पक्कै छ ।

४. हिताची फ्रेन्च बटम रेफ्रिजरेटर आर–डब्लुबी ६४०भीओपीबीः ठण्डा र विलासी

नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ । लकजरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्दछ !

राम्रो डिजाइन, परिष्कृत उत्पादन र सेवामार्फत हिताचीले विश्वभरका ग्राहकहरूको जीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। आजको कार्यक्रममा घोषणा गरिएका उत्पादनहरूमा हिताची गर्व गर्ने जनाएको छ ।

“उत्पादनहरू यो सालको (२०२२) चौथो त्रैमासिकदेखि बजारमा उपलब्ध हुनेछन्”, हिताचीका व्यवसाय विकास विभाग (निर्यात व्यवसाय) महाप्रबन्धक तरुण जैनले भने ।

आरसेलिक हिताची घरायसी उपकरणहरूको बारेमा

जुलाई १, २०२१ म आरसेलिक र हिताची ग्लोबल लाइफ सोलुशन्स इंकबीचको संयुक्त उद्यमको रूपमा स्थापित, हिताची अग्रगामी विश्वव्यापी व्यवसायिक हो ।

आरसेलिकएस र हिताची जीएलस इंकको संयुक्त उद्यममार्फत, उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन् ।

आरसेलिकले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ । कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा दक्षिण एशियामा बलियो वृद्धि हासिल गरेको छ । हिताची जीएलसले मुख्यतया दक्षिण पूर्व एसिया र मध्यपूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ, यहाँ यसले उच्च स्तर ब्रान्डको छविको आनन्द लिन्छ ।

युनिभर्सल इलेक्ट्रोकम प्रालि बारेः

५० वर्ष अघि स्थापना भएको रमेश कर्प नेपालकै एक ठुलो निजी औद्योगिक र व्यापारिक समूह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तीय सेवा, घरजग्गा, जलविद्युत, खानी, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

कम्पनीले आफ्ना व्यवसायिक अभ्यासहरुमा ‘फर्वाड टुगेदर’ (सँगै अघि बढौँ) भन्ने मूल नारालाई आत्मसात गरेको छ । आफ्ना ग्राहकहरु, कर्मचारीहरू, लगानीकर्ताहरू र साझेदारहरूका साथै रमेश कर्पले राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्क्षा राखेको छ ।