३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोती पसलमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सोती पसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

“सबैका लागि बैंक”भन्ने नाराका साथ २९ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।