३० आश्विन २०८३, शुक्रबार

जनार्दन शर्मामाथिको छानबिनको अन्तिम प्रतिवेदन तयार, बाझियो मत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष समितिले अन्तिम प्रतिवेदन तयार गरको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालले प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए ।

उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको बताए । त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे ।

करका दर हेरफेरका लागि अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।