३० आश्विन २०८३, शुक्रबार

अमेरिकी सहायक मन्त्रीलाई कालो झण्डा देखाउने ७ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले गौशालास्थित पिंगलास्थानबाट ७ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विदेशमन्त्री लू को विरोधमा झण्डा देखाएका हुन् ।

पक्राउ पर्नेमा दाङ घर भएका ३४ वर्षीय प्रकाश शाहीसहित ७ जना छन् । शाही नेकपा ‘विप्लव समूह’को विद्यार्थी संगठनका अध्यक्ष हुन् ।

कैलाली घर भएकी ३१ वर्षीया तारा संज्याल, जुम्ला घर भएका रमेश रावत, कालिकोट घर भएका ललितजंग बम, कालिकोटकै अशोक महतरा, कैलाली घर भएका ३१ वर्षीय ललित विक र नेपालगञ्ज घर भएका प्रेम सिजापतीलाई प्रहरीले पक्राउ गरेको छ ।