
काठमाडौँ, १२ साउन । थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०२५ नमूना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५४१ र एन्टिजेनबाट २४८४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ५२४ र एन्टिजेनबाट १८६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २१५ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।















प्रतिक्रिया