३० आश्विन २०८३, शुक्रबार

चितुवाको छालासहित दुई जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १२ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका–२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् ।