३० आश्विन २०८३, शुक्रबार

अर्काको नाममा परीक्षा दिने पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ साउन । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बुधबार एक युवक पक्राउ परेका छन् ।

राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।