३० आश्विन २०८३, शुक्रबार

सल्यानमा सर्पदंशबाट बालकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । विषालु सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका–९ भंगेरी घर भई शारदा नगरपालिका ६ बरला बस्दै आएका लालबहादुर बस्नेतका छोरा १३ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको हो ।

आफ्नै घरको तल्लो तलामा आमाबुबासँगै सुतेको बेला बुधबार राति बस्नेतलाई सर्पले टोकेको थियो । घरेलु उपचारपछि जिल्ला अस्पताल सल्यानमा उपचार गर्ने क्रममा बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।