३० आश्विन २०८३, शुक्रबार

जनार्दन शर्मामाथिको छानबिन समितिमा जुटेन सहमति, प्रतिवेदन कहिले आउला ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई घुसाएर करको दर हेरफेर गरेकोबारे छानबिन गरिरहेको संसदीय विशेष सहमतिमा प्रतिवेदन लेख्ने विषयमा सहमति बन्न सकेन ।

वुधबार करिब ६ घण्टा बसेको समितिको बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सदस्यहरुबीच राय बाझिएको हो । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सदस्यहरुले शर्माविरुद्ध कुनै प्रमाण फेला नपरेकोले सफाइ दिनुपर्ने बताएका छन् भने प्रतिपक्षी एमालेले भने अर्थमन्त्रालयको सीसीटीभी डिलिट गर्नु नै दोषी भएको बताउँदै छानबिनमा मन्त्रालयले सहयोग नगरेको बताएका छन् ।

मंगलबार फरेन्सिक ल्याबबाट रिकभर भएर आएको सीसीटीभी फुटेज हेरेको समितिले अस्पष्ट भएपछि विज्ञहरुलाई समेत बोलाएको थियो । शर्माको नियमतै प्रश्न उठिसकेपछि क्लिन चिट दिन एमालेका सदस्यहरु तयार छैनन् भने सत्तापक्षले दबाब दिइरहेको छ ।

यस्तो अवस्थाले गर्दा समितिले आज लेख्ने सुरु गरिने प्रतिवेदन भनेको पनि लेखेको छैन । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले भने सहमतिमै प्रतिवेदन लेखिने दाबी गरेका छन् । उनले भोलि प्रतिवेदन लेखिने र पर्सि सार्वज्निक गरिने दावी गरे ।