३० आश्विन २०८३, शुक्रबार

आज ५ सय ६४ जनामा कोरोना सङक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताए।

उनका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ। विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ।