
काठमाडौँ, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको तगारो पन्छाउनैपर्ने बताएका छन्।
बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दलहरु आफैं पनि मिलेको हुनसक्ने र अरुले मिलाइदिएको पनि हुनसक्ने बताए।
‘उनीहरु आफैं पनि जुटेका होलान्, आफ्ना स्वार्थले। अरुले पनि उनीहरुलाई जुटाइदिएको होला। कहिले–कहिले आफैं मित लाउँछन् भन्ने पनि छैन।
तिम्रो स्वभाविक मित्र यो हो, योसँग मित लगाऊ भनेर अरुले पनि मित लगाइदिन्छन् । त्यसकारण अरुले पनि यिनीहरुलाई जोडिदिएका होलान्’, उनले भने।
ओलीले गठबन्धनको मुखरित उद्देश्य भनेको एमालेलाई कमजोर पार्ने र एमालेलाई सिध्याउने रहेको बताए। एमाले राष्ट्रियताको पक्षमा उभिने भएकाले सिध्याउन खोजिएको उनको तर्क थियो।















प्रतिक्रिया