
काठमाडौँ, ११ काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा लागेको हो।
सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही र सुर्खेतको वीरेन्द्रनगर–६ का ४५ बर्षीया राजकुमारी सुनार घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल पुर्याएलगत्तै शाहीलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। अर्की घाइते राजकुमारी सुनारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ।
सुर्खेतको वीरेन्द्रनगर पुग्दै लाग्दा छिन्चु र वीरेन्द्रनगरको बीचमा पर्ने भेरीगंगा–२ को पैंसठ्ठी भन्ने ठाउँमा गुडिरहेको बसमा माथिबाट ढुंगा खसेर लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।















प्रतिक्रिया