३० आश्विन २०८३, शुक्रबार

एसइईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए उच्च जीपीए

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।