१ कार्तिक २०८३, शनिबार

नुवाकोटमा खोलाले बगाउँदा वडा सदस्यको ज्यान गयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ११ साउन । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मा खोलाले बगाएर वडा सदस्यको ज्यान गएको छ । बेलकोट खोलाले बगाएर महिला वडा सदस्य सुकुमाइ तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० द्धारिका टहरोमा खोला तर्दै गर्दा तामाङलाई बगाएको जानकारी दिनुभयो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो । उहाँ गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।