
काठमाडौं, १० साउन । राष्ट्रियसभामा उत्पत्तिको भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले यो विधेयक पारित गरेको हो ।
२०७६ माघ ६ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक २०७८ साउन २० गते राष्ट्रिय सभाले पारित गरेको थियो । राष्ट्रियसभाले पारित गरेको १ वर्षपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो ।
अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएको ३१ औं दिनदेखि प्रारम्भ हुनेछ । –रासस















प्रतिक्रिया